Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अण्डाको मूल्य घट्यो,प्रति क्रेट १० रुपैया सस्तो – Gaule Khabar

अण्डाको मूल्य घट्यो,प्रति क्रेट १० रुपैया सस्तो

अण्डाको मूल्य घट्यो,प्रति क्रेट १० रुपैया सस्तो

चितवन,माघ ५-

नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य समायोजन गरेको छ । संघले अण्डा प्रति क्रेट १० रुपैया सस्तो बनाएको हो ।चर्को मूल्यमा अण्डा खरिद गर्दै आएका उपभोक्तालाई केही राहत दिन मूल्य समायोजन गरिएको संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानाकारी दिनुभयो ।

मंगलबारदेखि लागू हुनेगरी ठूलो अण्डा फार्म मूल्य ३४५ र बिक्री मुल्य ३५० तथा मिडियम अण्डा प्रति क्रेट फार्म मूल्य ३२५ र बिक्री मूल्य ३३० कायम गरिएको छ ।यसअघि ठूलो अण्डा प्रति क्रेट फार्म मुल्य ३५५ र बिक्री मुल्य ३६५ कायम गरिएको थियो भने मिडियम अण्डा फार्म मुल्य ३४० र बिक्री मुल्य ३५० कायम गरिएको थियो ।

गएको पुसमा अहिले सम्मकै उच्च बनेको अण्डाको मुल्य बढेको एक महिनापछि घटाइएको हो । अण्डाको माग बढे पनि जाडो र हिमपातका कारण देशका पहाडी तथा उच्च स्थानमा अण्डा पुर्‍याउन नसकिएको उनले बताए ।

साथै अहिलेको समयमा स्कुल कलेजमा जाडो बिदा हुनु र स्वस्थानीको ब्रत शुरु भएकोले गर्दा खपत कम भएको र उत्पादित अण्डा यातायातको पहुँच भएको स्थानमा खपत होस भनेर मूल्य समायोजन गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

उहांले अब आउने मौसम र समयको परिस्थिती हेरी फेरी अण्डाको मुल्य हेरफेर हुने बताए । चितवनमा मात्रै दैनिक करीब ९ लाख अण्डा उत्पादन हुदै आएको छ । उत्पादनको करीब ९० प्रतिशत अण्डा काठमाडौ, पोखरा लगायत पूर्वी नेपालमा जाने गर्दछ ।

नेपालमा हाल दैनिक २५ लाख अण्डा उत्पादन हुने गरेको संघका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताए । देशभर करिब १६ सय फार्मले अण्डा उत्पादन गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका