Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षक संगठनको विधान अधिवेशन चितवनमा हुने – Gaule Khabar

शिक्षक संगठनको विधान अधिवेशन चितवनमा हुने

शिक्षक संगठनको विधान अधिवेशन चितवनमा हुने

चितवन,माघ ५ –

नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औं राष्ट्रिय परिषद् भेला तथा केन्द्रीय विधान अधिवेशन चितवनमा हुने भएको छ ।

माघ १५ र १६ गते नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने संगठनले जनाएको छ । अधिवेशन सम्पन्न गर्न शिक्षक संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर पुरी संयोजक रहेको ११५ सदस्यीय मूल समिति तथा १० वटा उपसमिति बनाइएको संगठनका जिल्ला कोषाध्यक्ष पुष्पराज मरहठ्ठाले जानकारी दिए । नेपाल शिक्षक संगठन चितवनको स्थानीय व्यवस्थापनमा हुने सो अधिवेशनमा देशभरका ४०० शिक्षकहरुको सहभागिता रहनेछ ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न स्वागत सत्कार, आवास तथा खाजाखाना, तुलव्यानर, गेट, मञ्च व्यवस्थापन, सांकृतिक कार्यक्रम, स्वयंसेवक परिचालन, प्रचारप्रसार, प्राथमिक उपचार,¥याली व्यवस्थापन, आर्थिक सहयोग र अनुगमन तथा मूल्याङ्कन उपसमिति गठन गरिएको संयोजक पुरीले जानकारी दिए ।

अधिवेशनमा मुलुक संघीयतामा गएपछि शिक्षक संगठनको विधानको स्वरुप परिर्वतन, शिक्षकका समस्या, पेसागत हकहितको संरक्षण तथा शैक्षिक विकास, शिक्षकहरुको वर्तमान अवस्थालगायतका विषयमा छलफल हुने संगठनका जिल्ला अध्यक्ष पुरीले जानकारी दिए । अधिवेशनको एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका