Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
त्रिशूली नदीमा वेपत्ता ट्याङ्कर चालकको शव च्यापिएको अवस्थामा भेटियो – Gaule Khabar

त्रिशूली नदीमा वेपत्ता ट्याङ्कर चालकको शव च्यापिएको अवस्थामा भेटियो

त्रिशूली नदीमा वेपत्ता ट्याङ्कर चालकको शव च्यापिएको अवस्थामा भेटियो

चितवन , माघ ५-

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चण्डिभन्ज्याङ ५ कालिखोलामा गएराती त्रिशुलीमा खसेर ट्याङ्कर सहित हराएका चालक मृत अवस्थामा भेटिएका छन् ।ट्याङकर चालक बारा जिल्ला अमलेखगन्ज निवासी उमेश तामाङ रहेका छन् ।उनलाई सोही ट्याङ्करले च्यापेको अवस्थामा भेटेको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौबाट बारातर्फ जाँदै गरेको ना ४ ख ४१४३ नम्बरको पेट्रोल बोक्ने खाली ट्याङकर गएराती पौने १२ बजेतिर त्रिशुली नदिमा खसेको थियो । ट्याङकरका सहचालक अमलेखगन्जकै प्रदिप लामा भने पौडी खेलेर बाच्न सफल भएका थिए । बसलाई ओवरटेक गर्ने क्रममा ट्याङकर त्रिशुलीमा खसेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका