काठमाडौं,माघ ५-
नेपाली कांग्रेसका शीर्ष नेताहरुले भातृ संगठन नेविसंघलाई आगामी फागुन १४ गते हुने स्ववियु चुनावमा लाग्न निर्देशन दिएका छन् ।
मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पुगेका विद्यार्थी नेताहरुलाई सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला र प्रकाशमान सिंह लगायतका नेताहरुले नेपाल विद्यार्थी संघलाई अविलम्ब स्ववियु चुनावमा लाग्न निर्देशन दिएका हुन् ।
यसअघि त्रिविले स्ववियु चुनावमा उठ्ने उमेद्वारलाई २८ बर्षे हदबन्दी लगाएपछि नेविसंघले त्यसको विरोध गरेको थियो ।
कांग्रेस नेतृत्वले स्ववियु चुनाव स्थानीय निर्वाचनको पुर्व तयारी समेत हुने भएकाले चुनावी तयारी थाल्न निर्देशन दिएको नेविसंघका एक नेताले रातोपाटीलाई बताए ।