Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उदयपुरमा ३५ किलोको अजिंगर भेटियो – Gaule Khabar

उदयपुरमा ३५ किलोको अजिंगर भेटियो

उदयपुरमा ३५ किलोको अजिंगर भेटियो

उदयपुर,माघ ४ –

उदयपुरको पूर्वी गाविस रामपुर ठोक्स्लिा स्थित माछापुच्छ«े सामुदायिक वनमा अन्दाजी ३५ किलोको अंजिंगर फेला परेको छ । सामुदायिक वनको मध्य भागमा रुखको फेदको जरा भित्रको ओडारमा उक्त अजिंगर फेला परेको हो । माछापुच्छ«े सामुदायिक वनका वन हेरालु नन्दलाल घिमिरेले वन गस्ती गर्ने क्रममा रुखमुनी अंजिंगर फेला पारेका थिए ।

‘प्रत्येक आइतबार दैनिक जसो वन गस्ती गर्न जाने क्रममा रुखमुनी खस्र्याक्क खुस्रुक आवाज आए पछि के रहेछ भनेर हेर्न जाँदा अजिंगर देखेको हुँ’ वन हेरालु घिमिरेले भने–‘सालको रुखको जरा भित्र ओडार भएको र त्यहि ओडार भित्र अजिंगर बस्ने गरेको देखियो ।’अजिंगर फेला परेपछि हेरालु घिमिरेले सामुदायिक वनका अध्यक्ष मित्र प्रसाद घिमिरेलाई जानकारी गराएका थिए ।

सामुदायिक वनका पदाधिकारीहरुले इलाका वन कार्यालय मैनामैनी र इलाका प्रहरी कार्यालय रामपुुरलाई जानकारी गराएका थिए । अहिले अजिंगर हेर्न सयौ मान्छेहरुको भिड लाग्ने गरेको वन अध्यक्ष मित्रप्रसादले बताए । अजिंगरलाई सोहि बास स्थानमा छाडी मान्छेहरुलाई सम्झाई बुझाई केहि नगर्न आग्रह गर्ने गरेको जिल्ला वन कार्यालयका वरिष्ठ वन अधिकृत श्री प्रसाद बरालले वताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका