Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ढल निर्माणले उपभोक्ता खानेपानीबाट वञ्चित – Gaule Khabar

ढल निर्माणले उपभोक्ता खानेपानीबाट वञ्चित

ढल निर्माणले उपभोक्ता खानेपानीबाट वञ्चित

धनुषा,माघ ४ –

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा सञ्चालित एकिकृत सहरी विकास परियोजनाको क्रममा ढल निर्माण कार्य अगाडी बढाउँदा खानेपानीको पाइप बन्द भएपछि उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् ।

ढल निर्माणका क्रममा खाल्डो खन्ने तथा ह्युम पाइप बिछ्याउने क्रममा खानेपानीका पाइप ठाउँ÷ठाउँमा भत्काइएको छ । खानेपानीको आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारण खानेपानीको सुविधाबाट वञ्चित भएका छन् ।

नमस्कार होटेल, मालपोत कार्यालयदेखि मुरली चोक हुँदै विश्वकर्मा चोकसम्म, परिक्रमा सडक, थापा चोकदेखि भानु चोक, पेठिया बजारस्थित रहिम पथ, कन्या पाठशालालगायतका ठाउँमा जडान गरिएको खानेपानीको पाइप भत्काइएको छ ।

नेपाल खानेपानी संस्थान धनुषाका प्रमुख सुरेशकुमार महतोकाअनुसार निर्माण कम्पनीलाई अवरुद्ध पारिएको खानेपानीको पाइप जडान गर्न पटक÷पटक ताकेता गरे पनि सुनुवाइ गरेको छैन । करिब पाँच सय उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् ।

यसरी खानेपानी सेवा अवरुद्ध भएपछि उपभोक्ताले महसुल तिर्न मानेका छैनन् । “मासिक रु तीन लाख महसुल उठ्न सकेको छैन,” महतोले भन्नुभयो । करिब रु १० लाखको खानेपानीको पाइप भत्काइएको र तीन महिनादेखि विभिन्न ठाउँमा खानेपानीे वितरण हुन नसकेको उहाँको भनाइ छ ।

करिब रु एक अर्बको लागतमा जनकपुरमा ढल निर्माण, सडक निर्माण र फोहोरमैला व्यवस्थापन कार्य चलिरहेको छ । एकिकृत सहरी विकास परियोजनाका प्रमुख गङ्गाप्रसाद यादवले नेपाल खानेपानी संस्थानसँग समन्वय गरेर पाइप मर्मत कार्य गर्ने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका