Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण – Gaule Khabar

पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण

पर्यटन प्रवद्र्धन गर्न परिचयात्मक भ्रमण

पोखरा,माघ ४ –

कास्कीको पर्यटकीय गाउँ मिर्सामा सञ्चालित घरवास कार्यक्रमलाई अभिप्रेरित गर्न परिचयात्मक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल कास्कीको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, पोखराको प्रवद्र्धनमा उक्त भ्रमण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहितको टोलीले मिर्सा गाउँमा सञ्चालित घरवास कार्यक्रमको अवलोकन गरेको थियो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला अध्यक्ष तारानाथ पहारीले घरवास कार्यक्रमको प्रभावकारिताका लागि स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड, पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले पर्यटनमा नयाँ अवधारणाका साथ २०६७ सालदेखि घरवास कार्यक्रम सुरु भएको जानकारी दिनुभयो ।

मिर्सा घरवास कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धीकुमारी गुरुङका अनुसार १७ वटा घरमा सञ्चालन भएको घरवास कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका