Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बौद्धिक वर्ग विदेश पलायन चितवनको दिगो विकासमा चुनौती – Gaule Khabar

बौद्धिक वर्ग विदेश पलायन चितवनको दिगो विकासमा चुनौती

बौद्धिक वर्ग विदेश पलायन चितवनको दिगो विकासमा चुनौती

चितवन,माघ ३-

बौद्धिक वर्ग विदेश पलायन हुने परिपाटी चितवनको दिगो विकासमा मुख्य चुनौती भएको विज्ञहरुले बताएका छन् । ११औँ चितवन महोत्सवको अवसरमा सोमबार नारायणगढमा आयोजीत चितवनमा दिगो विकासका प्राप्ति ः अवसर र चुनौती विषयक कार्यशाला गोष्ठीका सहभागीहरुले दक्ष जनशक्ति विदेशीने कारणले दिगो विकासमा चुनौती देखिएकोमा जोड दिएका छन् ।

गोष्ठीमा भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले स्वास्थ्य पेशासँग सम्बन्धित नर्सहरु केही समय काम गर्ने बित्तिकै वैदेशिक रोजगारको लागि जाने हुँदा मेडिकल क्षेत्रमा समेत समस्या देखिएको बताए । नेपालको स्वास्थ्यमा आकर्षण नहुँदा नर्सिङ जनशक्ति नेपालमा राख्न नसकिएको अधिकारीको भनाइ छ । चितवनलाई मेडिकल सिटी बनाउन सबै पूर्वाधारहरु, जनशक्ति व्यवस्थापन र सेवा र सुविधा विश्वासिलो हुनुपर्ने भन्दै अधिकारीले दिगो विकासको लागि नागरिक समेत स्वस्थ हुनुपर्ने धारणा राखे ।

उक्त गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सूर्यनारायण पौडेलले नयाँ र समृद्ध चितवन बनाउन कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको साथै जलस्रोत, सूचना र प्रविधि तथा औद्योगिक विकासमा जोड दिनुपर्ने बताए ।चितवनमा शैक्षिक पर्यटक, कृषि पर्यटक, स्वास्थ्य अनुसन्धानको लागि पर्यटक भित्राउँदै चितवनको विकासमा सबैले जोड दिनुपर्ने पौडेलको भनाइ थियो । सन् २०१६ मा सवा सात लाख विदेशी पर्यटक नेपालमा आएकोमा त्यसको २० प्रतिशत चितवनमा आएको तथ्यांक प्रस्तुत गर्दै पौडेलले चितवनको दिगो विकासलाई पर्यटन क्षेत्रले मजबुत बनाउने बताए ।

 दिगो विकास भनेको समग्रमा कुनै ठाउँको आर्थिक विकास, सामाजिक विकास र वातावरणीय विकास सँगसँगै लैजानुभएको उल्लेख गर्दै चितवन देशको केन्द्रबिन्दुमा भएकोले पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएको चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले बताए । रेलवेको विकास गर्नुपर्ने, चितवनमा चक्रपथ निर्माण हुनुपर्ने र यसको साथसाथै वातावरणीय संरक्षण समेत हुनुपर्ने मैनालीको भनाइ थियो । ११औँ चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवम्् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर स्वर्णिम वाग्ले प्रमुख अतिथि रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका