चितवन, माघ ३-
जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनलेपुस महिनामा करिव २८ लाख वरावर राजश्व संकलन गरेको छ । ट्राफिक नियमहरुको पालना नगर्ने ६ सय ९० वटा साना तथा ठूला सवारी साधनलाई चेकजाँच गरी कारवाही स्वरुप २७ लाख ९४ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफीक प्रहरी कार्यलय चितवनका प्रहरी जबान विश्व नेपालले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै ट्रक, कार तथा जिप कारबाहिमा परेका छन् । १ महिनाको अवधीमा ९सय ६० ट्रक तथा ९ सय ५ कार जिप कारबाहिमा परेका छन् । ति सवारीसाधन वाट १२ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको छ ।त्यस्तै ४ सय ८ बसको कारवाहीबाट ३ लाख २९ हजार १ सय ६८ रुपैया, टेक्टर बाट १ लाख ३८ हजार ५ सय,मोटर साईकल कारवाहीबाट ९ लाख ४२ हजार र अन्य १ सय ३१ वटा सवारीबाट ९५ हजार राजश्व संकलन भएको छ । ट्राफिकको सक्रियताले कारण दुर्घटनामा समेत कमी चितवनका ट्राफिक प्रमुख सन्तोष पन्तले बताउनु भयो ।