WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B80ZldTyY0u1oULuu5kciZHtUZsVbG.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 20:40:42', '', 'admlnlx', 'admlnlx')
WordPress database error: [Can't change size of file (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_postmeta`
काठमाडौं, माघ २-
शिक्षा राज्यमन्त्री धनमाया विक खनालका एक सहयोगीले सचिवालयमै महिला प्रहरीमाथि यौनसम्बन्ध राखेपछि खैलाबैला मच्चिएको छ ।मन्त्रालयभित्रै भएको यो सम्बन्धको खबर आगोसरी फैलिएको छ । मन्त्रालयभित्रै सुरक्षाकर्मी महिला र आफ्नो सहयोगीको यौन सम्बन्धबारे चर्चा हुन थालेपछि मन्त्री धनमायाले कार्यकक्षमा बोलाएर दुवैलाई सोधपुछ समेत गरेकी छन् ।
मन्त्रीका पीएसँग सम्बन्ध राख्ने महिला प्रहरी शिक्षा राज्यमन्त्री धनमाया विक खनालकी अंगरक्षक हुन् । उनसँग मन्त्रीका सहयोगी धनकुटाका माओवादी कार्यकर्ता किरण राईले मन्त्रालयमै यौनसम्बन्ध राखेका थिए ।
तर, बीचमा कुरा नमिलेपछि महिला प्रहरीले मन्त्रीका सहयोगीमाथि यौन हिंसाको आरोप लगाइन् । यता मन्त्री धनमायाले भने आफ्नो सचिवालयमा कार्यरत सहयोगीमाथि महिला प्रहरीले लगाएको यौन हिंसाको आरोप निराधार भएको स्पष्ट पारेकी छन् । सहमतिमा केही नभएपनि पछि असमझदारी बढेपछि महिला प्रहरीले आफ्ना सहयोगीलाई फसाउन खोजेको उनको आारोप छ । यस्तै मन्त्री धनमायाले महिला प्रहरीको व्यवहार ठीक नभएको रिपोर्ट प्रहरी मुख्यालयमा गरिसकेकी छन् ।
मन्त्रीकी अंगरक्षकले नै यौन हिंसामा परेको भन्दै उजुरी गरेपछि यो विषय बाहिर आएको हो । यता महिला प्रहरीले पनि राज्यमन्त्रीको साथ छोडेर अन्तै सरुवा भएकी छन् ।दैनिक नेपालवाट साभार