Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धान उत्पादन एघार प्रतिशत वृद्धि – Gaule Khabar

धान उत्पादन एघार प्रतिशत वृद्धि

धान उत्पादन एघार प्रतिशत वृद्धि

दाङ,माघ २ –

यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो ।

गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ ।

गतवर्ष भन्दा यसवर्ष धान उत्पादन राम्रो भएपछि किसान पनि हर्षित भएका छन् । कार्यालयका अनुसार वर्षा समयमै हुनु, उपयुक्त समयमा रासायनिक मल उपलव्ध हुनु र वर्षात नियमित भएकाले धान उत्पादन बढेको हो ।

जिल्लामा विन्देश्वरी, राधा सात, मन्सुसीजस्ता उन्नत जात तथा अन्य हाइब्रेट धान किसानले लगाउँदै आएका छन् ।

यसरी गत वर्षको भन्दा यसवर्ष धान उत्पादन बढेपनि यहाँका सर्वसाधारणले भने अन्य जिल्लाबाट आएको चामल खान बाध्य छन् भने धान उत्पादनमा दाङ आत्मनिर्भर भए पनि यहाँको चामल अन्यत्र जाने गरेको बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका