Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भेषभूषा प्रदर्शनीको तयारी पुरा – Gaule Khabar

भेषभूषा प्रदर्शनीको तयारी पुरा

भेषभूषा प्रदर्शनीको तयारी पुरा

चितवन,माघ २ –

हरेक पटकको चितवन महोत्सवमा जस्तै यस पटकको चितवन महोत्सवमा पनि जनजातिहरुको भेषभूषा प्रदर्शन गरिने भएको छ । चितवन महोत्सव अन्तर्गतको सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिले आयोजना गर्ने भेषभूषा प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको सांस्कृतिक व्यवस्थापन संयोजक रोहित कुमार श्रेष्ठले बताए । प्रत्येक पटकको महोत्सवमा हरेक जनजातिलाई समेटेर उनीहरुको भेषभूषा प्रदर्शन गर्दै आएको श्रेष्ठले बताए । यस पटकको चितवन महोत्सवमा पनि भोलि सोमबार दिउँसो १ बजेपछि जनजातिहरुको भेषभूषा प्रदर्शन गरिने श्रेष्ठको भनाइ छ । नेपाली राष्ट्रियता भित्र अटाएका विभिन्न जनजातिको भेषभूषालाई महोत्सवमा प्रदर्शन गर्दा नेपालीबीचको एकता थप महजबुत हुने श्रेष्ठले बताए ।

चितवनमा पनि आदिबासी जनजाति भएकोले उनीहरुको संस्कृति संरक्षणको लागि टेवा पुगोस् भनेर प्रत्येक पटक आयोजना गरिने चितवन महोत्सवमा आदिवासी जनजातिको भेषभूषा प्रदर्शन गरिने कोरियो ग्राफर पुष्प श्रेष्ठले बताए । यसरी जानजातिको भेषभूषा प्रदर्शन गर्दा आदिवासी जनजातिको भेषभूषाको अवस्थाको बारेमा सम्पूर्ण समुदायका व्यक्तिहरुलाई जानकारी हुने कोरियो ग्राफर श्रेष्ठको भनाइ छ । प्रत्येक पटक भेषभूषा प्रदर्शन गर्दा आफूहरुको छुट्टै उद्देश्य रहने श्रेष्ठले बताए । यस पटकको भेषभूषाको मुख्य थिम राष्ट्रियता भएको बताउँदै कोरियो ग्राफर श्रेष्ठले भेषभूषा प्रदर्शनमा चितवनका आठ वटा जातिहरुको सहभागिता रहने बताए ।

पुस २५ गतेदेखि आयोजना गरिएको ११औँ चितवन महोत्सवलाई चितवनको गौरव र गरिमाको रुपमा लिने गरिएको छ । माघ ५ गतेसम्म आयोजना हुने यस महोत्सवमा सूचना र प्रविधि, अटो, रेष्टुरेन्ट, गार्मेन्ट, साहित्यिकलगायतका विभिन्न पाँच सय वटा व्यवसायिक स्टलहरु राखिएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक राजन गौतमले बताए । त्यसैगरी, चितवनमा रहेका सिमान्तकृत समुदायका सांस्कृतिक पहिचान सहितका विभिन्न सात वटा विशेष स्टलहरु समेत महोत्सवमा रहेका छन् । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २० करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान रहेको छ भने महोत्सव अवधीभरी राष्ट्रिय ख्याति प्राप्त कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन भैरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका