Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देश टुक्र्याउने गरेर संविधान संशोधन नगर्न सुजाताको चेतावनी – Gaule Khabar

देश टुक्र्याउने गरेर संविधान संशोधन नगर्न सुजाताको चेतावनी

देश टुक्र्याउने गरेर संविधान संशोधन नगर्न सुजाताको चेतावनी

काठमाडौं, माघ २ –

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले स्थानीयस्तरमा कांग्रेस अहिले पनि बलियो रहेको दाबी गरेकी छिन् । उनले जुनसुकै निर्वाचन भए पनि कांग्रेस अगाडि आउने बताइन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेतृ कोइरालाले भनिन्, ‘संविधान कार्यान्वयन गर्नुपर्छ । प्रमुख दलहरूबीच सहमति र सहकार्यको राजनीति अनिर्वाय छ । प्रमुख दलहरू मिलेपछि मात्रै राष्ट्रिय मुद्दाहरू मिलाउन सकिन्छ ।’ उनले चुनावहरू तोकिएको समयभित्र गर्नका लागि दबाब सृजना गर्नुपर्ने बताएकी छन् ।

‘देशलाई टुक्र्याउने गरेर संविधान संशोधन गर्नु हुँदैन । संशोधनले देशलाई क्षति पुर्‍याउनु हुँदैन’, उनले भनिन्, ‘पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा धेरै जनताले विरोध गरेका छन् । मैले धेरै अध्ययन त गरेको छैन । तर विरोध धेरै आएको छ । यसलाई दलहरूलाई गम्भीर भएर सोँच्नु पर्छ ।’

आफू संविधान संशोधनको विपक्षमा नरहे पनि स्थानीय जनताको भावनालाई कांग्रेसले ध्यान दिनुपर्ने नेतृ कोइरालाको भनाइ थियो । ‘कांग्रेस कार्यकर्ताको जगमा अडिएको छ’, उनले भनिन्, ‘स्थानीयस्तरमा विरोध हुँन्छ भने शीर्ष नेतृत्वले सोँच्नु पर्छ ।’

स्तनक्यान्सरको उपचारपछि स्वास्थ्य लाभ लिइरहेकी कांग्रेस नेतृ कोइरालाले आफू विस्तारै निको हुँदै आएको बताइन् । ‘क्यान्सरको उपचार गराइ रहेकी छु’, उनले भनिन्, ‘धेरै सुधार भएको छ । मेरोबारेमा धेरै चिन्ता गर्नुपर्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका