Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विश्व प्रेस काउन्सिल टोलीलाई चितवनमा भव्य स्वागत – Gaule Khabar

विश्व प्रेस काउन्सिल टोलीलाई चितवनमा भव्य स्वागत

विश्व प्रेस काउन्सिल टोलीलाई चितवनमा भव्य स्वागत

चितवन, माघ १–

विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमण टोलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।
भ्रमण दलमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अली हन्सरली, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिकेप्रसाद कुमार लगायतका प्रेस काउन्सिल नेपालका सदस्यहरु सहभागी थिए । सार्कस्तरीय प्रेस काउन्सिल गठनको सिलसिलामा ११ जनवरीमा सो टोली नेपाल आएको हो ।


नेपाली सेनाको हेलिकप्टरबाट चितवन पुगेको टोलीलाई श्रीजंग गणका प्रमुख सेनानी माधव थापाले राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले योगदानबारे र विपद् व्यवस्थापनका सम्वन्धमा रुद्र गुरुङ्ले प्रस्तुति गरेका थिए । चितवनको कसरामा आयोजित सो अन्तरक्रिया तथा छलफल कार्यक्रममा संरक्षण अधिकृत नुरेन्द्र अर्यालले वन्यजन्तुको संरक्षणमा सेनाको भूमिकाबारे जानकारी गराउनुभएको थियो । सहभागिहरुलाई कार्यक्रम लगत्तै जंगल यात्रा गराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका