Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘अर्घाखाँची सिमेन्टको गुणस्तर एकनासले राखौं’ – Gaule Khabar

‘अर्घाखाँची सिमेन्टको गुणस्तर एकनासले राखौं’

‘अर्घाखाँची सिमेन्टको गुणस्तर एकनासले राखौं’

चितवन, माघ १–

ग्राहकवर्गले अत्याधिक रुचाईएको अर्घाखाँची ओपिसि सिमेन्टको गुणस्तरलाई सधै एक रुपतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन् ।
अर्घाखाँची सिमेन्ट प्रा.लि.ले चितवनमा गरेको विशेष भेटघाट कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै इन्जिनियर एशोसियसन चितवनका अध्यक्ष हरि भण्डारीले हरेक सिमेन्ट कम्पनीले आफ्नो गुणस्तरी भनेर प्रचार गरिरहेको अवस्थामा अर्घाखाँचीले आफ्नो गुणस्तरलाई ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले सिमेन्ट उद्योगले आफ्नो ल्याबमा मात्रै परीक्षण नगरि इन्जिनियर एशोसियसनको ल्याबमा समेत गुणस्तरता देखाई अघि बढ्ने इन्जिनियरहरुलाई पनि प्रचार–प्रसारमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशभर नै अर्घाखाँची सिमेन्टको माग बढि रहेको बेला गुणस्तरलाई ख्याल गर्दै उत्पादनमा वृद्धि गनुपर्ने बताउनुभयो । उहाँले विदेशी सिमेन्टलाई प्रतिस्पस्थापन गर्न स्वदेशी सिमेन्टको उत्पादनलाई वृद्धि गर्नु आवश्यक भएकाले आत्मनिर्भर बन्न यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर बिसुरालले हरेक क्षेत्रमा अर्घाखाँची सिमेन्टको प्रयोग बढ्दै जानु सुखद पक्ष भएको भन्दै यस्तो अवस्थालाई कायम राख्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले रत्ननगरमा हाल भईरहेको सडक विस्तारमा समेत अर्घाखाँची सिमेन्टको प्रयोग भईरहेकोमा सिमेन्टको गुणस्तर निकै राम्रो आफूले पाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्घाखाँची सिमेन्ट प्रा.लि.का बजार प्रमुख रमेश थापाले उत्पादनको छोटो समयमै सिमेन्टले पाएको सफलतामा खुशी व्यक्त गर्नुभयो । उहाँले चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड, विभिन्न हाईड्रो पावरहरु समेत अर्घाखाँची सिमेन्टको प्रयोग भईरहेको भन्दै माग बढ्दै गएको बताउनुभयो । उहाँले गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्ने भन्दै गुणस्तरी ओपिसि सिमेन्ट प्रदान गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।


कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष कल्याण जोशी, संघका हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, शहरी तथा भवन निर्माण व्यवसायी संघका अध्यक्ष शरद मानन्धरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अर्घाखाँची सिमेन्टका सिभिल इन्जिनियर विकास भट्टराईले सिमेन्ट उत्पादनको बारेमा प्रकाश पार्नुभएको थियो । साथै उहाँले भिडियो सामाग्री समेत प्रस्तुत गर्नुभएको थियो । औपचारिक कार्यक्रमपछि कलाकार नेत्र जि पन्तलगायतले सांगितिक प्रस्तुती दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका