Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन महोत्सवमा आज दर्शकको सबैभन्दा बढी भिड – Gaule Khabar

चितवन महोत्सवमा आज दर्शकको सबैभन्दा बढी भिड

चितवन महोत्सवमा आज दर्शकको सबैभन्दा बढी भिड

चितवन, माघ १–

चितवन महोत्सवमा आज (शनिबार) दर्शकको अत्यधिक भिड लागेको छ । महोत्सव सुरु भएपछिको सबैभन्दा बढी दर्शक शनिबार उपस्थित भएका हुन् ।
नारायणगढको नारायणी नदी किनारमा सुरु भएको ११ औँ चितवन महोत्सवमा शनिबार ४५ हजार भन्दा बढी दर्शक उपस्थित भएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले जानकारी दिए । शनिबार र माघे संक्रान्ति मेला एकै दिन परेका हुनाले समेत महोत्सवमा दर्शकको भीड बढेको गौतमको भनाइ छ । शनिबार दर्शकको भीड अत्यधिक भएकोले दोस्रो गेट समेत खोलेर दर्शकहरुलाई महोत्सव स्थलमा प्रवेश गर्ने वतावरण गराइएको थियो । महोत्सव अन्तर्गत आइतबार कविता गोष्ठी हुने गोष्ठी तथा सेमिनार समितिका सदस्य सचिव दिपकराज विष्टले जानकारी दिए । महोत्सवको मूख्य प्रायोजक अर्घाखाँची सिमेन्ट प्रा.लि. रहेको छ ।

६० जनाद्वारा रक्तदान

चितवन महोत्सवको परिसर भित्र आयोजना गरिएको रक्तदान कार्यक्रममा नौ जना महिला सहित ६० जनाले रक्तदान गरेका छन् । रोटरी क्लब अफ नारायणी मिडटाउन, द आर्ट अफ लिभिङ र रोट्याक्ट क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । प्रत्येक पटक आयोजना हुने चितवन महोत्सवमा रोटरी क्लबले रक्तदान कार्यक्रम गर्दै आएकोले सोही कार्यक्रमलाई निरन्तरता दिइएको रोटरी क्लब अफ नारायणी मिड टाउनकी अध्यक्ष छाँया श्रेष्ठले जानकारी दिइन् । कार्यक्रमका प्रमुख अतिथि द आर्ट अफ लिभिङका पवन नेपाल रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका