WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLFrU86.JJmyVHd41yRLb0jbdhwrFM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 23:07:37', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वृद्धाश्रम संचालानर्थ अक्षय कोषमा चुकेको सहयोग – Gaule Khabar

वृद्धाश्रम संचालानर्थ अक्षय कोषमा चुकेको सहयोग

वृद्धाश्रम संचालानर्थ अक्षय कोषमा चुकेको सहयोग

चितवन, माघ १–

समाजसेवी दिनेशकुमार चुकेले देबघाट क्षेत्र बिकास समितिद्धारा संचालित देबघाटधाम समाज कल्याण वृद्धाश्रम संचालानार्थ स्थापित अक्षय कोषमा ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।
आफ्नो छोरा दिवस चुकेको २२ औं जन्मदिनको अवसर पारेर उहाँले वृद्धाश्रम संचालानार्थ स्थापित अक्षय कोषमा सो रकम चेक मार्फत प्रदान गर्नुभएको हो । ६ वर्षअघि देखी आफुले देबघाटधाम समाज कल्याण वद्धाश्रममा माघे संक्रान्तीको अवसर पारेर एक छाक खाना खुवाउँदै आएको समेत उहाँले बताउनुभयो ।
सो अवसरमा देवघाटमा एक औपचारिक कार्यक्रम गरिएको थियो । देबघाट क्षेत्र बिकास समितिले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीद्धय दिनेश चुके तथा उहाँकी धर्मपत्नी सन्ध्या चुके रहनुभएको थियो । बिशिष्ट अतिथीमा गोर्खा ब्रुअरी प्रा.लिका सिनियर प्रोडक्सन म्यानेजर सुरेशबहादुर सेन, सुभद्रा सेन रहनुभएको थियो । गोर्खा ब्रुअरी प्रा.लिका सिनियर प्रोडक्सन म्यानेजर सेनले पनि देबघाटधाम समाज कल्याण वृद्धाश्रम संचालानार्थ स्थापित अक्षय कोषमा ५ हजार १ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको हो । कार्यक्रममा देबघाट क्षेत्र बिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले वद्धवृद्धाहरु समाजको धरोहर तथा जिउँदो ईतिहास रहेकोले सम्मान गर्नुपर्ने र रेखदेख गर्नुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका