Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालगन्ज भन्सारमा कडाई तर पनि कसरी भित्रिन्छ अवैध रुपमा सामान – Gaule Khabar

नेपालगन्ज भन्सारमा कडाई तर पनि कसरी भित्रिन्छ अवैध रुपमा सामान

नेपालगन्ज भन्सारमा कडाई तर पनि कसरी भित्रिन्छ अवैध रुपमा सामान

नेपालगन्ज,माघ १-

भारतीय क्षेत्रबाट एकसय रुपैया बराबरको सामानमा राजश्व लिने गरि भन्सार नाका नेपालगन्जमा भएको कडाईपछि पनि अवैध रुपमा मालसामान निकासी भएको भन्दै प्रहरीले एक लाख बढिको सामाग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एक लाख १२ हजार ८० रुपैया“ बराबरको सामाग्री बरामद गरी कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाएको हो । रुपईडिहाबाट भन्सार नाका हुँदै सामाग्री नगएको भन्सार प्रमुख जनार्दन आचार्यले दावी गरे ।

‘बाँकेमा खुल्ला सिमाना भएकोले अन्य स्थानबाट ल्याएर गणेशमान चोकको बाटो प्रयोग गर्दै तस्करी हुन सक्छ’, उनले भने, ‘तर भन्सार नाकाबाटै अवैध रुपमा भित्र पसेको विषय त्यत्तिकै भन्न सकिन्न ।’

‘भन्सार कार्यालयमा प्रहरी प्रतिवेदन पेश भएपछि त्यसबारे प्रष्ट रुपमा भन्न सकिन्छ’, भन्सार प्रमुख आचार्यले भने, ‘गाउँको नाकाबाट अवैध रुपमा सामाग्री ओसार पसार भइरहेको जानकारी आएको छ ।’ यद्यपि प्रहरी अधिकारीहरुले भन्सारबाटै भएर सामाग्री भित्रिएको दावी गरेका छन् । घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘गणेशमान चोकबाट बरामद भएको सामाग्रीमा न्युन आय भएका ब्यक्तिहरु भएको उनीहरुलाई मुद्दा नचलाइएको हो ।’

तस्करहरुले दिएको जानकारी अनुसार भन्सारका केही कर्मचारीहरुको मिलोमतोमा सामाग्री भित्रिएको हो । प्रहरीले प्रतिवेदनमा सामाग्री बेवारिसे बरामद भएको देखाएपनि मानवीय हिसाबले तस्करहरुलाई छाडिएको श्रोतको दावी छ । ‘बरामद भएको सामाग्री भन्सारमा बुझाइएको प्रहरीले जानकारी दिएको छ’, यद्यपि भन्सार प्रमुख आचार्यले सामाग्री आइनपुगेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका