Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रचण्डले चाहेर ओलीको कद घट्दैन : महेश बस्नेत – Gaule Khabar

प्रचण्डले चाहेर ओलीको कद घट्दैन : महेश बस्नेत

प्रचण्डले चाहेर ओलीको कद घट्दैन : महेश बस्नेत

भक्तपुर, माघ  १ –

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल  पूर्व प्रधानमन्त्री केपी ओलीको खुट्टा काटेर आफू अग्लो हुन खोजेको आरोप लगाएका छन् । अघिल्लो सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नगरेर समृद्ध नेपाल बनाउने केपी ओलीको योजनामा बर्तमान सरकारले तातोपानी खन्याउने काम गरेको उनले बताए ।

भुकम्पपछिको पुनर्निर्माण अलपत्र पारेर, प्राधिकरणको कार्यकारी प्रमुखमाथि अयोग्यताको बिल्ला भिराएर प्रधानमन्त्री दाहाल पानी माथिको ओभानो बन्ने कोशिस गरिरहेको बस्नेतको भनाई थियो । बृद्ध भत्ता, शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिने व्यबस्था, गाबिस स्तरमा बढाइएको अनुदान, मधेसको जिल्ला सदरमुकाम केन्द्रीत चक्रपथ र ब्य्बस्थित शहर बनाउने योजना, केरुङ्ग–काठमाडौ–लुम्बिनी रेलमार्ग जस्ता ऐतिहासिक सम्झौताको वर्तमान सरकारले बेवास्ता गरेको उनले बताए ।

एमाले नेता बस्नेतले दाहालको यस्ता कदमले ओलीको हाईट घट्दैन, झन चुलिने बताए । सरकारको यो करिब छ महिने कार्यकालमा प्रचण्ड झन बामपुड्के भएका उनले बताए । केपी सरकारले बिनियोजन गरेको २ करोडमा निर्माण हुनलागेको आसापुरी पँलासे सडक खण्डको सिल्यानयास गर्दै बस्नेतले उक्त कुरा बताएका हुन ।

हनुमन्ते र मनोहरा कोरिडोर, सुर्यबिनायकमा बन्न लागेको अन्तर्राष्ट्रिय प्राणी उद्धान केन्द्र, पाण्डोबजार हाइट र टिगेनीमा बन्न लागेको ७ करोड घनमिटरको मेलम्ची खानेपानी आयोजनाको ट्यांकी, दुवाकोट्मा बन्न लागेको वीर अस्पतालको आधुनिक भवन, आधुनिक स्याटलाइट सिटि, डोलेश्वर, अनन्तलिङ्गेश्वोर,चाङ्गु नारायण,दक्षिण बाराही मन्दिर निर्माण गर्दै भक्तपुरलाई साँस्कृतिक सहर घोषणा गर्ने र भक्तपुरका ग्रामीण क्षेत्रमा ५ दर्जन सडक बिस्तार गर्ने लगायतको योजनाको लागि ४ अर्ब भन्दा बढी बजेट बिनियोजन गरेर केपी ओली सरकारले भक्तपुरमा बिकासको लहर ल्याएको बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका