Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वन्यजन्तु आतङ्क रोक्न माग गर्दै चितवनको माडी बन्द – Gaule Khabar

वन्यजन्तु आतङ्क रोक्न माग गर्दै चितवनको माडी बन्द

वन्यजन्तु आतङ्क रोक्न माग गर्दै चितवनको माडी बन्द

चितवन,माघ १-

दक्षिण चितवनको माडीमा वन्यजन्तु आतङ्क बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न माग गर्दै स्थानीयले माडीमा शनिबार यातायात बन्द गरेका छन्। ईलाका प्रहरी कार्यालय माडीकाअनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जंगली जनावरहरु बस्तीमा पसेर जनधनको क्षती पुर्‍याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग राखेर यातायात बन्द गरेका हुन्।

शुक्रबारमात्रै चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्वर ११ खरकट्ठाका १३ वर्षिय सागर सुनारको मृत्यु भएको हो। सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले गाडी चल्न दिएका छैनन्। उनीहरुले हात्ती नियन्त्रण हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र माडीमा उत्पादित बस्तुहरु बाहिर पनि लैजान पाउनुपर्ने माग राखेका छन्।

यता निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्याल वन्यजन्तु बस्तीमा नपसोस् भनेर ड्याम लगाउने, विद्युतीय तारबार लगाउने लगायतका कामहरु भइरहेको बताउँछन्। शुक्रबारको घटनापछि अहिले चिकित्सकसहितको टोली माडीमा परिचालन गरिएको जानकारी उनले दिए। पीडितलाई निकुञ्जको नियमअनुसार क्षतिपूर्ति पनि दिने उनी बताउँछन्। केही वर्षअघि ध्रुबे नामको हात्तीले विभिन्न जिल्लामा १५ जनाको ज्यान लिएको थियो। मारिने अधिकांश माडी क्षेत्रका थिए। त्यतिबेला पनि माडीबासीले यातायात बन्द गरेर विरोध गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका