Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उपत्यकामा अब ड्रोनबाट ट्राफिक जामको निगरानी – Gaule Khabar

उपत्यकामा अब ड्रोनबाट ट्राफिक जामको निगरानी

उपत्यकामा अब ड्रोनबाट ट्राफिक जामको निगरानी

काठमाडौं,पुस २९ –

सडक विस्तार भएपनि काठमाडौंमा सवारी जाम ज्युँका त्युँ छ । अझ विहान र बेलुकी खासगरी कार्यालय जाने र छुट्ने समयको जामको त कुरै नगरौं ।त्यही जाम कम गर्न र ट्राफिक व्यवस्थापन गर्न अब ड्रोनको प्रयोग गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार एनएमबी बैंकले एउटा ड्रोन हस्तान्तरण गरेको छ ।

महाशाखाका डीएसपी सविन प्रधानका अनुसार यो डिजिआई कम्पनीको पेन्टिएम फोर मोडलको ड्रोन हो ।प्रहरीले ड्रोन चलाउन चार जनालाई तालिम दिएको छ । उनीहरु मध्ये एक जनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारी जामको निगरानी गर्नेछन् ।

डिएसपी प्रधानले भने, ‘पिक आवरमा उपत्यकामा सवारी जाम भइरहेका स्थानमा हामी ड्रोनले खिच्छौं र यसको विश्लेषणबाट ट्राफिक व्यवस्थापनमा सजिलो हुने हाम्रो विश्वास छ ।’

विषेश गरी कार्यालय समयमा बढी चाप हुने स्थानहरुमा ड्रोनको प्रयोग हुनेछ । साथै विशिष्ट व्यक्तिको सवारी, विभिन्न मेला, महोत्सव र सभाहरुमा पनि प्रयोग हुनेछ ।-अनलाइनखबरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका