चितवन,पुस २९-
भुमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले संसद खुलेको एक महिना भित्र सुकुम्वासी समस्या समाधान हुने वताउनु भएको छ ।उहांले सुकुम्वासी समस्या समाधानका लागी छुट्टै ऐन वनाएर कार्यान्वयनमा लैजान आफुले तिव्रताका साथ काम थालेको वताउनु भयो ।
चितवनको रत्ननगरमा आयोजित भूमिहिन र सुकुम्वासी र अव्यवस्थितहरुको सुरक्षित वसोवास सम्वन्धी समस्या र समाधान विषयक भेलालाई सम्वोधन गर्दे मन्त्री पाण्डेले वास्तविक सुकुम्वासीलाई घर-घरमा पुगेर लालपुर्जा वितरण गर्ने वताउनु भयो ।
नेपाल सुकुम्वासी सुधार समिती रत्ननगर र आकृती महिला वचत तथा क्रृण सहकारीको आयोजनामा कार्यक्रम गरिएको हो ।सोहि कार्यक्रममा संस्थाका अध्यक्ष फुलमान तामाङले मन्त्रि पाण्डेलाई ज्ञापनपत्र समेत वुझाएका छन् ।