Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा – Gaule Khabar

देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा

देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा

चितवन,पुस २९-

पबित्र धार्मिक तिर्थस्थल देबघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी पुरा भएको छ ।मेला सम्पन गर्न गठित २३ ओटा उपसमितीले काम सम्पन्न गरेकाले मेलाको तयारी पुरा भएको देबघाट क्षेत्र बिकास समितीले जनाएको छ ।

मकर संक्रान्तिका दिन त्रिशुली,कालिगण्डकीको संगम बेणीमा सम्पुर्ण देबी देबताहरु स्नान गर्ने आउने भन्दै अदृष्य रुपमा देवीदेवताहरुलाई भेटेर मोक्ष प्राप्ती गरिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासले बेणी संगममा स्नान गर्ने हरेक बर्ष लाखौको संख्यामा भक्तजनहरु देवघाट आउने गर्दछन् । यसवर्ष असक्क्त असाय र वृद्धवृद्धालाई डुङ्गा सवार निशुल्क गरिएको छ ।सधै माघिमा भीड हुने देवघाटमा र्दशानार्थीको सहजताका लागी झलुङेपुलमा एकपटकमा १ सय जनालाई आवतजावत गर्ने वातावरण मिलाईएको देबघाट क्षेत्र विकास समितीका अध्यक्ष एवं माघेसंक्रान्ति मेला व्यवस्थापन मुल समितीका संयोजक टंकनाथ पौडेलले जानकारी दिए । भक्तजनले स्नानगर्ने बेणी संगममा अस्थाई स्नानकक्ष बनाईएको उनले वताए । भक्तजनकालागी देबघाटमा बस्नकालागी टेन्ट टांगेर टहरा वनाइएको छ । मेलामा हुनसक्ने हुलदंगालाई नियन्त्रण संगै सुरक्षा ब्यबस्थाका लागी चितवन र तनुह जिल्लाका प्रहरी नायब उपरिक्षकको कमान्डमा प्रहरी खाटाइएको आयोजकले जनाएको छ । ।

चितवनबाट प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठको कमान्डमा ३ सय ५० जना जनपथ प्रहरी र २५ जना प्रहरी परिचालन गरिने भएको छ । तनहुका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले देबघाटमा आउने भक्तजनहरुका लागी सहज वातावरण बनाउने बताए ।उनले देबघाटम मासु तथा मदिरा निषेधीत क्षेत्र बनाउन पहल गर्ने बताए ।देबघाटमा मकर स्नानगर्न दर्शनार्थीहरु आउने क्रम विहिवारदेखीनै शुरु भएको छ ।देबघाटमा दर्शन गर्न नेपालका बिभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत र्दशानार्थी आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका