Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ठेकेदारले करोडाैं अनियमितता गरेको स्थानीयको आरोप – Gaule Khabar

ठेकेदारले करोडाैं अनियमितता गरेको स्थानीयको आरोप

ठेकेदारले करोडाैं अनियमितता गरेको स्थानीयको आरोप

नवलपरासी,पुस २८-

नवलपरासीको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवनमा सहरी डिभिजन र ठेकेदारको मिलेमत्तोमा कमसल निर्माण साम्रागी प्रयोग गरि करोडौं रुपैंयाँ अनियमितता गरेको स्थानीयले बताएका छन् ।

भवन निर्माण गर्न तोकिएको समयाअवधि वितेपछि ठेकेदारले हतारहतारमा काम सम्पन्न गर्न गुणस्तरहिन सामाग्री प्रयोग गरि अनियमितता गर्न खोजेको उनीहरुको भनाइ छ ।सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनले दि कंचनजंगा कैलाश जे।भी ठेकेदार कम्पनीलाई भवनको निर्माण गर्न २०७१ मंसिर २४ गते सम्झौता गरेको थियो ।

सम्झौतामा ठेकेदार कम्पनीले २०७३ मंसिर २३ गते भवनको निर्माण सम्पन्न गरि स्वास्थ्य केन्द्रलाई बुझाउनु पर्ने उल्लेख छ । तर, कम्पनीले ४० प्रतिशत काम अझै नसकेकोे स्थानीयले बताएका छन् ।ठेकेदार कम्पनीले सहमति विपरित स्थानिय झरही खोलाको बालुवा, स्थानिय युबीआई ईट्टा भट्टाको थर्ड क्लासको ईट्टा, पातलो छड र लोकल सिमेन्ट प्रयोग गरि भ्रष्टाचार गरेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताए ।

निर्माणधिन ढाईतले भवनमा फारमेसी, टिकट काउटर, इर्मजेन्सी वार्ड, ल्याब, ओपीडी, डाक्टर कक्ष र सुविधासम्पन्न कार्यालय बनाउने तयारी भएको थियो ।भवनको लगत स्टिमेट ८ करोड, ५ लाख, ४५ हजार २९० रुपिया रहेपनि दि कन्चनजंघा कैलाश जे।भि। कम्पनीले ६ करोड ४९ लाख १२ हजार ६६४ रुपैयाँमा ठेक्का लिएको थियो ।

स्थानियले भवनको अनुगमन गर्दा कमसल ईट्टा, बालुवा र सिमेन्टहरु फेला पारेपछि भवनको निर्माण कार्य रोकाउन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका