Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा माघि विषेश कार्यक्रमहरु शुरु – Gaule Khabar

नवलपरासीमा माघि विषेश कार्यक्रमहरु शुरु

नवलपरासीमा माघि विषेश कार्यक्रमहरु शुरु

नवलपरासी,पुस २८-

नवलपरासीमा थारु समुदायको महान पर्व माघि (खिचरी ) को रौनक शुरु भएको छ । थारु समुदायले यो पर्व माघ १ गतेदेखि ३ गतेसम्म ३ दिन धुमधामले मनाउने गर्दछन माघि पर्व नजिकिएसंगै नवलपरासीमा माघि विषेश कार्यक्रमहरु शुरु हुन थालेका छन । जिल्लाको प्रसौनी गाविस २ सिमरामा मंगलवारदेखि ३ दिने खिचरी उत्सव तथा विविध सास्कृतीक कार्यक्रम शुरु भएको छ । युवा लायन्स कलबको आयोजना तथा आदिवासी जनजाती समन्वय समितीको सहकार्यमा उत्सव शुरु भएको हो ।

थारु संस्कृति संरक्षण ,संबद्धन तथा प्रचार प्रसार गर्ने उदेश्यले प्रसौनी–२ सिमराको शान्ती बगैचामा शुरु भएको खिचरी उत्सवको स्थानीय उद्योगी व्यवसायी विष्णु कुमार कार्कीले उद्घाटन गरेका छन ।

यहि २८ गतेसम्म चल्ने उत्सवमा थारु खानाका परीकारहरु चिचर , माछा , घोगी , भतकुन लगाएतका परीकार राखिएको छ । यस्तै थारुहरुको मौलिक नृत्य जोगेडा नाच , झुमरा नाच , लाठी नाच , झमटा नाच , झर्रा नाच , मेडरी नाच समेत प्रस्तुत गरिने उत्सव संयोजक बिफल थारुले जानकारी दिए ।

यसैगरि उत्सवको मुख्य आकर्षण रुपमा थारु समुदायको झल्को दिने घर र थारु समुदायले दैनिक प्रयोग गर्ने माछा मार्ने जाली , ढुङ्गा , ढिकी , छतरी , डेहरी , ढडिया लगायतका सामाग्रीहरु समेत प्रदर्शनमा राखिएको छ ।

कार्यक्रम युवा लायन्स क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक विफल थारुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा थारु समुदायका विभिन्न संघसंसथा संगै स्थानीय आमा समुह , समाजसेवि बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जितनारायण थनैतले गर्नुभएको थियो ।

यसैगरी खिचरी पर्वकै उपलक्ष्यमा थारु महिला सभा नवलपरासीको आयोजनामा मंगलवार विभिन्न खेलकुदका कार्यक्रम भएको छ ।
डण्डा स्थित थारु संघ्रालयमा भएको कार्यक्रममा घैला दौड प्रतियोगिता ,सियो धागो दौड, सिधा रोटि बनाउने प्रतियोगिता ,भतकुन बाडने प्रतियोगिता लगाएतका प्रतियोगिता भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका