पुस २८ –
सुटिङको अन्तिम दिन निर्देशक राजामौलीदेखि फिल्म युनिट रमाइलो गरिरहेका देखिए ।
ब्लकबस्टर चलचित्र ‘बाहुबली’ ले सन् २०१५ मा ५०० करोडको कमाइ गरेको थियो । चलचित्रमा तेलुगु स्टार प्रभासले शीर्ष भूमिका निर्वाह गरेका थिए । उनीसँगै अनुष्का सेट्टीसमेत शीर्ष भूमिकामा देखिएकी थिइन् ।
यद्यपि उनले आमाको चरित्र अभिनय गरेकी थिइन् ।
अब ठूलो पर्दामा ‘बाहुबली २’ धमाका मच्चाउने तयारीमा छ । र, दर्शकहरुले यो प्रश्नको उत्तर पनि पाउने छन् कि, अन्ततः कटप्पाले बाहुबलीलाई किन मारेको थियो रु
चलचित्र यसै वर्षको अप्रिलमा रिलिज हुनेछ । सुटिङको अन्तिम दिन निर्देशक, हिरोदेखि चलचित्र युनिटका सबै सदस्य रमाइलो गरिरहेका देखिन्थे ।