Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अपराधरहित समाज निर्माणका लागि सामूहिक प्रतिवद्धता – Gaule Khabar

अपराधरहित समाज निर्माणका लागि सामूहिक प्रतिवद्धता

अपराधरहित समाज निर्माणका लागि सामूहिक प्रतिवद्धता

चितवन, पुस २७–

चितवन जिल्लाका कार्यालय प्रमुखहरुले अपराध रहित समाज निर्माणका लागि जनतासंग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले सामाजिक अपराध, विकृति , विसंगति न्यूनीकरणका लागि चितवनका नागरिकले खेलेको भुमिकाको प्रशंशा गर्दै सभ्य समाजका लागि हातेमालो गर्दै अघि बढ्दै अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । सामुदायिक सेवा केन्द्र नारायणगढले आयोजना गरेको स्वागत तथा अन्तक्रिया कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसदा भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापा, शशस्त्र प्रहरी बल आंपटारीका प्रहरी उपरीक्षक श्याम कोईराला, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तले सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष मिना खरेलले प्रहरी बर्दी सहितका नागरिक हुन् भने जनता वर्दी विनाका प्रहरी भएको भन्दै जनतासंग सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष महेशकुमार पौडेल, सूचना तथा संचार संयोजक अर्जुन अधिकारी लगायतले संस्थागत गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, स्थानिय टोल विकास संस्थाका प्रतिनिधि, आमा समुहका प्रतिनिधि, विभिन्न विद्यालयका प्र.अ लगायत गरि करिब २ सय जनाको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका