Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पृथ्वीजयन्तीमा विदा नहुनु दुःखदः मन्त्री पाण्डे – Gaule Khabar

पृथ्वीजयन्तीमा विदा नहुनु दुःखदः मन्त्री पाण्डे

पृथ्वीजयन्तीमा विदा नहुनु दुःखदः मन्त्री पाण्डे

चितवन, पुस २७–

भुमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको नायकको भुमिका रहेको बताउनुभएको छ ।
बुधवार भरतपुरमा २ सय ९५ औं पृथ्वी जयन्ती एवंम राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । एकताका प्रतिकका रुपमा मान्दै आएका पृथ्वीनारायण शाहलाई आगामी दिनमा पनि यसरी सम्झदै जानुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । राष्ट्रका बिभुती तथा धरोहरलाई पछाडी पार्ने प्रयास भएपनि सम्भब नहुने पछिल्लो समयमा प्रमाणीत भएको मन्त्री पाण्डेले उल्लेख गर्नुभयोे । पृथ्वी जयन्तीमा सार्वजनिक विदा नहुनु दुःखद कुरा भएको उल्लेख गर्दै भुमि सुधार तथा व्यवस्था मन्त्री पाण्डेले पृथ्वी नारायण शाहले राष्ट्र र नेपाली जनताले पृथ्वी नारायण शाहको महत्व बुझेको समेत बताउनुभयो । मन्त्री पाण्डेले यो वर्ष पृथ्वी जयन्तीमा विदा नभए पनि अगामी वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन क्याविनेटमा कुरा राखेको र छिट्टै प्रस्ताब पारित हुने बताउनु भयो ।
कार्यक्रममा स्वगत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका निर्देशन समितिका अध्यक्ष बद्री तिमिल्सिनाले नेपाल एकीकरणका महानायक पृथ्वी नारायण शाहको जन्मदिनमा सार्वजनिक विदा अवश्यकता भएको बताउनुभयोे । पृथ्वी नारायण शाहले गर्दा नै नेपाल एकीकरण भएको र हामी नेपाली हो भन्ने कुरा गौरब गर्न अबस्था आएको उहाँको भनाई थियो । कार्यक्रममा स्थानिय विकास अधिकारी श्रवण कुमार पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य पवित्रा जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी निर्बाचन समिती चितवनका संयोजक तेजेन्द्र बहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनकी केन्द्रीय सदस्य बिनिता सिंह ठकुरी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रामहरि कँडेलको सभापतित्वमा भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका