Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा जलपंक्षी गणना शुरु – Gaule Khabar

चितवनमा जलपंक्षी गणना शुरु

चितवनमा जलपंक्षी गणना शुरु

चितवन,पुस २७-

चराको अवस्था पत्ता लगाउन चितवनका विभिन्न क्षेत्रमा जलपंक्षिको गणना शुरु गरिएको छ। चितवनको राप्ती नदी र ढुंग्रे खोलाबाट बुधबारदेखि जलपंक्षिको गणना शुरु गरिएको चरा विज्ञ तथा वर्ड एजुकेशन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु विंडारीले जानकारी दिए। उनका अनुसार गणना कार्य बुधबारदेखि २ हप्तासम्म चल्ने छ।

राष्ट्रव्यापी रुपमा पुस २३ गतेदेखि देखि माघ १० सम्म जलपंक्षिको गणना गरिने भएपनि चितवन र नवलपरासी लगायतका क्षेत्रमा भने बुधबारबाट मात्र शुरु भएको विंडारीले जानकारी दिए। राप्ती र नारायणी क्षेत्रमा एकैसाथ गणना गरेर चराको अवस्था पत्ता लगाईने उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा पानीमा पाईने चराको वासस्थान रहेको छ।

चितवनमा पाईने चरा मध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन्। त्यसैले पानीमा पाईने चराको अवस्था र बासस्थानको अवस्था यकिन गर्न गणना थालिएको हो। नेपालमा ८८७ प्रजातीका चरा पाइन्छन्। पछिल्लो तथ्यंक अनुसार चितवनमा ६३३ प्रजातीका चरा छन्। यसपालीको गणनामा पुर्वी चितवनको भण्डारा स्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन हुने वर्ड एजुकेशन सोसाईटीले जनाएको छ।

सोसाईटीको अगुवाई र चितवन निकुञ्जको सहयोगमा गणना थालिएको। गणनाका लागि ५० जना गाइड परिचालन गरिएको छ। ढुंग्रेखोला, बुढी राप्ती, कसरा, राप्ती नदी, लामीताल, राप्ती घाट, तमोर ताल, विसहजारीताल र नवलपरासी सेक्टरमा समेत गणना हुने जनाईएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका